बाहिरि चक्रपथको विषयलाई लिएर खोकनामा प्रहरी र स्थानीय बीच झडप

Prabhu Bank

Sagoon

ललितपुर।

Saftey Pads

शनिबार ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। यसअघि देखि नै जग्गाको बिषयलाई लिएर स्थानीयले बिरोध गर्दै आएका थिए। सोहि विषयलाई लिएर शुक्रबार पनि स्थानीयले बिरोध जनाएका थिए। शनिबार पनि स्थानीयले प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा खेत रोप्न थालेपछि झडपको बाताबरण बनेको हो।

खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमि विनास गर्न नहुनेलगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिदै आएका छन्। आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो। प्रहरीले स्थीतिलाई साम्य पार्न लाठीचार्जसमेत गरेपछि प्रतिकारमा स्थानीयले ढुंगामुढा गरेपछि अवस्था गरमागरम भएको थियो।

स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता सन्तोष तामाङले बताएका छन। स्थानीयको ढुंगामुढापछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’

शनिबार दिउँसो करिब १ बजेतिर प्रहरीको अवरोधपछि स्थानीयले ढुंगामुढा गरेको जनाइएको छ। बाहिरी चक्रपथ, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले निरन्तर विरोध गर्दै आएका छन्।

Maruti Cement