आज गुरुपूर्णिमा



काठमाडौँ। असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ। यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ।

पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ। पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ।

सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बताउछन्।

राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिँदैैछ। जुम्लामा छिप्रानाथ योगीको पूजन हुँदैछ।

आर्यघाटमा रामनाथ अघोरीको प्रतिमामा अर्चना हुँदैछ। यसै दिन पशुपति मन्दिर परिसरमा रहेको कीर्तिमुख भैरवमा पञ्चवली पूजा समेतको तयारी रहेको पशुपति गुठी गोश्वाराका प्रकाश अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा लकडाउनको बिकल्प देखिएन: विज्ञहरुसँग छलफलमा प्रधानमन्त्री