के होला भुवन र साम्राज्ञीको आरोप प्रत्यारोप ?



काठमाडौं।

करोडपतिबाट नेपाली चलचित्र क्षेत्रमा भुवन केसिको चर्चा थप चुलियो। त्यसो त त्यसअघि नै पनि भुवन केसिलाई नचिन्ने शायद थोरै नै थिए। नेपाली चलचित्रकोलागि नायक तथा निर्माता केसिले जति गरे त्यो धेरै छ। तर पछिल्लो समय निर्माताको रुपमा भुवन केसिले करोडपतिपछि नेपाली बाबुबाट पनि नाम र दाम दुबै कमाए। त्यसपछि पनि उनको लगानी रहेको चलचित्र एकपछि अर्को चल्दै गए।

जसै उनी नेपाली चलचित्रबाट नायकको रुपमा कम र अभिनेताको रुपमा बढि सुहाँउदै गए त्यसबीच उनले आफ्ना छोरा अनमोल केसिलाई पनि नायकका रुपमा नेपाली चलचित्रमा प्रवेश गराए। बाबुकै देनको कारण चक्लेटी अनुहारका धनि अनमोलले पनि चर्चा बुटुल्दै गए।

तर अहिले भुवनलाई केही तनावको अवस्था आईलागेको छ। नायिकाको रुपमा चलचित्र ड्रिम्सबाट अभिनयमा राम्रो चर्चा कमाएकी साम्राज्ञी राज्य लक्ष्मी शाहले भुवन केसिलाई ईगित गरेर इन्स्ट्रगामाबाट लगाएको आरोपले केसिलाई तनाव थपिएको हो।

अन्य सम्बन्धित समाचार:  लकडाउनले ३० हजार चलचित्रकर्मी बेरोजगार

एकसाता देखिको जुहारी सामाजिक संजालमा चर्चाकै विषय बनिरहँदा नेपाली चलचित्र क्षेत्रमा पुरुष कलाकारबाट वा निर्माताबाट अभिनेत्रृहरु शोसित छन् भन्ने कूराको छनक मिल्छ। साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’ को सुटिङ ताकाको कूरा उप्काएकी छिन्। उनले उक्त चलचित्रका निर्देशक भुवन केसिले नराम्रो व्यवहार गरेको आरोप लगाएकी छिन्।

त्यसैगरि जापानमा भएको एक अवार्ड कार्यक्रममा समेत आफूमाथि दुव्यवहार भएको आरोप उनको छ। उक्त आरोपसंगै केसिको तनाव चुलिएको देख्न सकिन्छ। भुवनले तनावको अवस्था आएपछि उजुरी नै दर्ता गर्दै चलचित्र कलाकार संघमा वास्तविक्ताको नजिक पुगेर सत्यतथ्य छानविन गरिदिन माग गरेका छन्। उनले चलचित्र कलाकार संघमा निवेदन दिनुभन्दा अघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल र झुटा कुरा नबोल्न साम्राज्ञीलाई चेतावनी समेत दिएका छन्।

केसिले लेखेको पत्रमा भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखेर यूट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस भएकोमा उनले संघसँग निष्पक्ष छानविनको माग गरेका छन्। स्टाटसमा भुवनले लेखेका छन–मेरो यो सुचनाको बावजूद तपाईंले यस्ता झुठा लाञ्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धि कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान सम्मानका हानी नोक्सनी उपर तपाईंबाट यथोचित क्षतिपूर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रकृयाको थालनी गर्ने ब्यहोरा तपाईंलाई बढो दुःखका साथ जानकारी गराउँदछु।’

अन्य सम्बन्धित समाचार:  लकडाउनले ३० हजार चलचित्रकर्मी बेरोजगार

भुवनको स्टाटसपछि साम्राज्ञी पनि के कम। उनले पनि कानुनी बाटो रोज्ने उल्लेख गरेकि छिन्। गत बिहीबार तेस्रो भिडियो मार्फत उनले इन्स्टाग्राममा शोषण भएको दाबी गरेकी छन्। यससँगै उनले कानुन व्यवसायीसँग छलफल गरेर न्यायको ढोका ढक्ढकाउने जनाएकी छिन्।