कोरोनामुक्त भएर घर फर्किएका युवकले गरे आत्महत्या



काठमाडौं।

पाल्पाको रम्भा गाउँपालिकाका एक युवकले आत्महत्या गरेका छन। कोरोनामुक्त भएर घर फर्किएका रम्भा गाउँपालिका–४, हुमिनका २० वर्षीय युवकले गएराति आत्महत्या गरेका छन्। लुम्बिनी मेडिकल कलेजको आइसोलेसन कक्षमा १५ दिन बसेर फर्केकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन्। एक महिनाअघि भारतको मुम्बईबाट घर फर्केपछि उनी २८ दिनसम्म गाँउको विद्यालयको क्वारेन्टिनमा बसेका थिए। सोही क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए।

अन्य सम्बन्धित समाचार:  पर्सामा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि