के तपाईको युट्युव च्यानल छ? नयाँ नियम थाहा पाउनुहोस्



एजेन्सी।

के तपाईको आफ्नै युट्युव च्यानल छ? के तपाई यसैबाट आर्थिक रुपमा सक्षम बन्नै सोचमा हुनुहुन्छ? त्यसो हो भने युट्युवले नयाँ नियम परिवर्तन गर्न लागेको थाहा पाउनु भयो त? युट्युवमा पहिले १० मिनेट भन्दा लामो भिडिओमा मात्रै मिड् रोल एड् राख्न सकिन्थ्यो।

अबदेखी ८ मिनेट भन्दा लामो भिडिओमा पनि मिड् रोल एड् राख्न मिल्ने नियम ल्याएको छ। यसले गर्दा युट्युवरहरूले थप पैसा आर्जन गर्न सक्नेछन्। जुलाई ७ मा गुगलले आफ्ना प्रयोगकर्तालाई इमेल पठाएर यसबारेमा जानकारी गराएको हो। जुलाई २७ देखी नयाँ नियम लागु हुने बताईएको छ।

अन्य सम्बन्धित समाचार:  जनैमा के छ?