अनुपम खेरका आमासहित परिवारका सदस्यलाई कोरोना संक्रमण



एजेन्सी। भारतीय सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरस भएको खवरका बीच अर्का भारतीय कलाकारका परिवार पनि अछुतो रहेनन्। बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

ट्वीटर मार्फत अनुपम खेरले परिवारमा संक्रमण भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु।’

 

अन्य सम्बन्धित समाचार:  लकडाउनले ३० हजार चलचित्रकर्मी बेरोजगार