बलिउड अभिनेता अमिताभ बच्चनको श्वासप्रश्वासमा समस्या



भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको जनाएका छन्। अमिताभ र छोरा तथा अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ। आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।