कर्णाली प्रदेशमा थप ४७ संक्रमित थपिए



सुर्खेत। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  कर्णाली प्रदेश अस्पताल सुर्खेत  , पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजना रहेका छन्।

 

अन्य सम्बन्धित समाचार:  सप्तरीमा २६ गतेसम्म निषेधाज्ञाकाे घाेषणा