धनगढीमा थप ६ जनामा कोरोना पुष्टि

कैलाली। धनगढीमा शुक्रवार थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा १ महिला र ५ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १०, १९ र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का २ वर्षीय बालक र २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ। यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यो सँगै धनगढीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७ पुगेको छ। ६७ पुरुष र ३० महिला गरी ९१ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडामा सङ्क्रमण फैलिएको बताए।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली

उनका अनुसार वडा नम्बर १ मा ७ जना, २ मा ४ जना, ३ मा ५ जना, ४ मा १ जना, ५ मा १० जना र वडा नम्बर ६ मा २ जनामा कोरोना पुष्टि भएको छ। वडा नम्बर ७ मा ३ जना, ८ मा ५ जना, ९ मा १० जना १० मा ३ जना, ११ मा १ जना र वडा नम्बर १२ मा २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए।

यस्तै वडा नम्बर १३ मा दुई जना, १४ मा ८ जना, १५ मा ४ जना, १६ र १७ मा १÷१ जना, १८ मा ९ जना र वडा नम्वर १९ मा १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार हजार ६ पुगेको छ। सङ्क्रमण पुष्टि भएका १ हजार ६ सय बढि डिस्चार्ज भइसकेका छन भने ८ जनाको मृत्यु भइसकेको छ।