फुल्पिङकट्टी पहिरोः १ को शव फेला, २ अझै बेपत्ता

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

देवराज सुवेदी, सिन्धुपाल्चोक। 

भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा बिहीबार बिहानीपखको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य २ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्तामध्ये १ जनाको शव शुक्रबार फेला परेको छ। अविरल वर्षापछि खकुण्डोल माथिबाट आएको पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका थिए।

शुक्रबार दिउँसो १४ वर्षीया छिरिङ वाङ्गु शेर्पा शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङ्मु शेर्पा र १६ वर्षीया याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो। ७५ वर्षीया सुम बुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन्।