सप्तरीका ७३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

  • शुभ नारायण यादव, सप्तरी 

कोरोना सङ्क्रमणबाट सप्तरीका एक व्यक्तिको निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा न. ६ का ७२ वर्षीय रामकृष्ण लाल दास (रामवावु)को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो।

मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बीपी प्रतिष्ठान पुर्‍याएको थियो। उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो।

उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए। दासको मृत्यु पछि सप्तरीवासीमा रुवाबासीसँगै  त्रास समेत बढेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ: डब्लुएचओ