धनगढी। सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा ५ महिला र ३ पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का ४५ र ४८ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का १९ र २४ वर्षीय महिला, वडा नम्बर १५ का २४ र २८ वर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्बर ५ की ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३७ जनाको कोरोना परीक्षण भएको श्रेष्ठले बताए।
यससँगै धनगढीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय चार पुगेको छ। ७० पुरुष र ३४ महिला गरी एक सय चार जनामा कोरोना पुष्टि भएको हो।
वडा नम्बर १ मा ८ जना, २ मा ४ जना, ३ मा ५ जना, ४ मा १ जना, ५ मा १० जना र वडा नम्बर ६ मा २ जनामा कोरोना पुष्टि भएको छ। वडा नम्बर ७ मा ३ जना, ८ मा ५ जना, ९ मा १० जना १० मा ३ जना, ११ मा १ जना र वडा नम्बर १२ मा २० जनामा कोरोना पुष्टि भएको छ।
यस्तै वडा नम्बर १३ मा दुई जना, १४ मा १० जना, १५ मा ६ जना, १६ र १७ मा १÷१ जना, १८ मा ११ जना र वडा नम्बर १९ मा १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार हजार १७ पुगेको छ। सङ्क्रमण पुष्टि भएका १ हजार ६ सय बढि डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।