काठमाडौं।
मौद्रिक नीतिले आफूहरुका धेरैजसो माग सम्बोधन गरेको भन्दै केही दिनभित्रै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २-३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए। बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायत व्यवसायीका माग समेटिएकोमा खुसी हुँदै बस चलाउने योजनमा रहेका बताइएको छ।
सरकारले सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डबारे थप स्पष्ट गर्नासाथ सबै कम्पनीहरूले सवारी चलाउने महासचिव सिटौलाले बताए। अहिले साझा, मयूर, महानगर, संयुक्त, सुन्दर लगायतका बस सेवा संञ्चालनमा रहेका छन्।