बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। शनिबार दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

यसअघि, गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित भएको छ। पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्‍याउनुभएको छ भने दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन्।

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यास गर्न झापा गए प्रधानमन्त्री ओली