राम जन्मभूमि विवादः प्रधानमन्त्री ओली विरुद्ध जनकपुरमा प्रदर्शन

बटुकनाथ झा, जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि सम्बन्धमा दिएको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ। हिन्दु युवा परिषद् नेपाल, विश्व हिन्दु परिषद्, रामानन्दिय वैष्णव सङ्घको आयोजनामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा शनिबार नगरको विभिन्न चोकमा प्रदर्शन गरिएको छ।

भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीताको विवाह भएको अयोध्या भारत नभइ नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको दावी गरेका थिए।

प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएपछि नेपाल–भारतमा त्यसको आलोचना भइरहेको छ। ‘धर्म र आस्था माथिको राजनीति बन्द गर’, ‘हिन्दुत्व नै राष्ट्रियता हो’, तथ्यहीन विवाद बन्द गर’, लगायतका नारा लगाउँदै सयौँको सङ्ख्यामा साधुसन्त तथा युवाहरूले प्रदर्शन गरेका छन्

अन्य सम्बन्धित समाचार:  नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने