काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झण्डै साढे ४ घण्टा बसेको सचिवालय बैठक सकिएको छ। बैठक सकिएलगत्तै अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष प्रचण्ड शीतलनिवासतर्फ लागेको स्रोतले बताएको छ। विगत लामो समय देखि पार्टीमा देखिएको सङ्कट समाधानका लागि भइरहेको छलफल जारी नै रहेको छ। अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने बताइएको छ।
२०७७ श्रावण ३ गते, शनिबार, ०७:५२ बजे प्रकाशित