नाबालक हत्या प्रकरण : थप सात जना पक्राउ

डडेल्धुरा। आलिताल गाउँपालिका–६ मा एक नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले शनिबार थप सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका–६ का १९ वर्षीय लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओली रहेका छन्।उनीहरु पक्राउ परेपछि घट्नाबारे बिस्तृत रुपमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए।

यसअघि उक्त घट्नामा संलग्न रहेको अभियोगमा प्रहरीले ३० वर्षीय टिकाराम ओली, ५५ वर्षीय निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरिकृष्ण भाटलाई पक्राउ गरेको थियो।

गत असार २६ गते खानेपानीको विषयमा बादबिबादसँगै भएको झडपमा परी स्थानीय गणेश महराका सात वर्षीय छोरा हिमान्शु घाइते भएका थिए। उनको उपचारका क्रममा असार २७ गते धनगढीस्थित सारथी अस्पतालमा मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  डोटीमा मृत अवस्थामा भेटिए शिक्षक