ट्र्याक्टर दुर्घटनामा सात जनाको मृत्यु

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ।

धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनीहरुको सनाखत हुन सकेको छैन। उनीहरु सडक स्तरोन्नतिको काम गर्दै आएका थिए। सातै जना रोल्पाका बासिन्दा भएको बताइएको छ। ट्र्याक्टरमा आठ जना सवार रहेको पौडेलले बताए। ट्र्याक्टर सडकबाट झण्डै ५०० मिटर तल खसेको थियो।

अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानियवासी घट्नास्थलमा पुगेर शव संकलनको काममा खटिएका छन्। अहिले पनि सो क्षेत्रमा वर्षा जारी छ।

अन्य सम्बन्धित समाचार:  पृतनापति सम्मेलन आजबाट