दुर्घटनामा मृत्यु हुने ६ जना एउटै गाउँका

Prabhu Bank

 

Saftey Pads

प्युठान। ट्र्याक्टर दुर्घटना परी मृत्यु हुने सातै जनाको पहिचान खुलेको छ। उनीहरु सबै रोल्पाका हुन्। दुर्घटनामा ज्यान गुमाउनेमा ६ जना एउटै गाउँका रहेका छन्।

शनिबार राति लु२त ४२३४ नंंको ट्र्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेको भिरबट खस्दा रोल्पा रुन्टीगढी गाउँपालिका–५ बाइजाका ६ तथा त्रिवेणी गाउँपालिका–२ वाकुल घर भएका ट्र्याक्टर चालकको मृत्यु भएको हो।

घट्नास्थलमा रहेका रुन्टीगढी–५ का वडाध्यक्ष यामबहादुर दसौदीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी–५ बाइजाका सागर बस्नेत, रिमबहादुर बस्नेत, कविराम बस्नेत, थम्मन बाठा, वीरेन्द्र बाठा र गोवर्धन बुढा तथा ट्र्याक्टर चालक त्रिवेणी–२ बाकुलका कमल कुँवर छन्। राति ११ बजे ट्याक्टर दुर्घटना भए पनि आइतबार बिहान मात्र घटनाबारे थाहा भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। आठ जना सवार रहे पनि रोल्पाकै विशाल थापाले हाम फालेर ज्यान जोगाएका थिए। मृतक सबै भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुर हुन्।

Maruti Cement