कोरोनाबाट मृत्यु भएका राजविराजका वृद्धका परिवारका सातैजना सदस्यमा कोरोना पुष्टि

राजविराज।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएका वृद्धको परिवारलाई कोरोना देखिएको छ। गत असार ३० गते मुटुमा समस्या भएपछि उपचारका लागि अस्पताल लगिएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको कोरोनाले ज्यान गएसंगै परिवारमा गरिएको परिक्षणमा समेत संक्रमण देखिएको हो।

मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो। जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन्। उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइनसकेको यादवले बताए।

लकडाउन सुरु हुनुभन्दा अगाडि नै उपचारका लागि दिल्ली गएका ती वृद्ध लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए। १३ दिनअघि मात्र नेपाल आएका उनी क्वारेन्टाइनमा नगएर घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभा पुनः स्थापनापछि कसले के भने ?

स्वास्थ्य प्रमुख यादवका अनुसार आइतबार मात्र सप्तरीमा ११ जना संक्रमित थपिएका छन्। यो समेत जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनाका साथै ३ सय ७७ जना संक्रमित भएको र २ सय जना निको भएर घर फर्किसकेका छन्।