सुदूरपश्चिममा थप २४ जनामा कोरोना पुष्टि

डडेल्धुरा। सुदूरपश्चिममा आइतवार थप २४ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ५ महिला र १९ पुरुष गरी जम्मा २४ जनामा कोरोना पुष्टि भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिकाका २ महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका १ महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै गौरीगंगा नगरपालिकाका १ महिला र ४ पुरुष गरी ५ जना, टीकापुर नगरपालिकाका १ महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। यो सँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ५२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमण मुक्त

जसमा सबैभन्दा बढि कैलालीमा ९ सय ७८, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ८६, कञ्चनपुरमा ४ सय ६३, डडेल्धुरामा २ सय ९५, बैतडीमा २ सय ७६, बझाङमा १ सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये झण्डै १ हजार ६ सय ७० सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।