कैलालीमा क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

कैलाली। कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना मृत फेला परेका छन्। गोदावरी नगरपालिका –स्याउलेको हरिनगर घर भएका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

साउनको एक गते मात्रै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका उनी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वरिन्टिनमा बस्दै आएका थिए। उनी सोमबार बिहानै क्वारेन्टिनबाट भागेका थिए। अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री