मोटरसाइकलको ठक्करले महिलाको मृत्यु 

Latest Nepali News, Politics, Videos, Entertainment & Sports


सप्तरी।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं १ मा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। सिरहा गोलबजार नगरपालिका वडा न ४ का मिथलेश साहले चलाएको स. १. प. २९४८ नं को मोटरसाइकलले ठक्कर दिंदा सुनसरी कप्तानगञ्ज गाउँपालिका वडा न २ बस्ने ६५ बर्षिया बुधनी देवी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाल विवाह गरेको भन्दै बेहुला र उनका बुवा पक्राउ