केपी ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे



काठमाडौं।

नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ। शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए।

प्रचण्डले दिए स्पष्टिकरण

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति भवन शितल निवास आकस्मिक रूपमा गएको स्पष्टिकरण दिएका छन्। आइतबार बिहान प्रचण्ड निवासमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताएका हुन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा ७२७ कोरोना संक्रमित