काठमाडौंमा दुई बालिकाको सुनको मुन्द्रा लुटियो



काठमाडौं।

काठमाडौंको गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट २ जना बालिकाले कानमा लगाएको सुुनको मुन्द्रा लुटिएको छ।कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको प्रहरीले बताएको छ।

बालिकाहरु सडकमा हिँडिरहेको अवस्थामा अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटि फरार भएको बताइएको छ। लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जनैमा के छ?