पहिरोमा आमा–छोरी वेपत्ता, चार जना घाइते

  • भोजराज जोशी, दार्चुला

आइतबार राति गएको पहिरोमा परी नौगाड गाउँपालिका–६ मा आमा–छोरी वेपत्ता भएका छन्। वेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती रेहका छन्।

दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेका छन्। पहिरोमा परी चार जना घाइते भएका छन्। मसुलधारे पानीसँगै राति नौ बजे पहिरो गएको थियो। ‘एक्कासी गाउँमाथिको डाँडो नै खसेर आयो, घरहरु पुरिए’ स्थानीयवासी फागुनसिंह ठगुन्नाले बताए।

पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेका थिए। पहिरोले गाउँको आधारभूत विद्यालयसमेत बगाएको ठगुन्नाले बताए। अहिले घट्नास्थलमा दल्लेख प्रहरी चौकीको टोली पुगेको छ। जिल्लाका विभिन्न ठाउँमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान