भारतमा एकैदिन थपिए ३८ हजार कोरोना संक्रमित

कोरोना भारत

एजेन्सी। भारतमा  २४ घण्टामा मात्रै ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३८ हजार ९ सय २ संक्रमित थपिएका हुन् भने २४ घण्टामा मृत्यु हुनेको संख्या ५ सय ४३ छ।

यस्तै भारतमा कूल संक्रमितको संख्या १० लाख ७७ हजार ७ सय ८१ पुगेको छ भने २६ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  कर छली र सम्पत्ति शुद्धीकरणले अर्बौँं मानिस गरिबीमा