एजेन्सी। चेल्सी र आर्सनल एफ ए कपको उपाधिका लागि भिड्ने भएका छन्। आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई ३–१ गोलले हराए पछि उपाधि भिडन्त पक्का गरेको हो।
वेम्बलीमा भएको खेलमा चेल्सीका लागि ओलिभर जेरुड र मिसन माउन्टले गोल गरेका थिए। चेल्सीले एक गोल उपहारमा पाएको थियो। म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले सान्त्वना गोल गरेका थिए। खेलको पहिलो हाफमा चेल्सीले दुई गोल गरेको थियो। मध्यान्तर पछिको खेलमा चेल्सीले थप एक गोल ग¥यो।
युनाइटेडका ह्यारी म्याग्वेरेले आत्मघाती गोल गरेका थिए। चेल्सी र आर्सनलबीचको फाइनल खेल अगस्त १ तारिखमा हुनेछ।