चितवन। इच्छाकामना गाउँपालिका–६ चारकिलो क्षेत्रमा बिहान पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
सो क्षेत्रमा पहिरो गएपछि अहिले सम्पूर्ण यातायात सेवा बन्द छ। अहिले पनि पहिरो खसिरहेको छ। पहरो पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो पन्छाउँदासम्म उक्त क्षेत्रमा एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गर्ने तयारी भइरहेको छ। दुई दिनदेखि लगातार वर्षा भइरहेका कारण सडक अवरुद्ध हुँदै आएको हो।