पहिरोमा पुरिएर युवकको मृत्यु

काठमाडौं। पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा आइतबार राति पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो।

काठमाडौँका प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शौच गर्न गएका बेला पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको हो। उनी सो क्षेत्रमा साथिसित घुम्न निस्केका थिए । पहिरो पन्छाएर उनको शव निकालिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित