वीरगन्ज। आइतबार गरिएको परीक्षणमा पर्सा र बाराका थप ५० जनामा कोरोना संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना बारा र ४ जना पर्साका व्यक्तिहरुमा संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।
उनीहरु देवतल गाउँपालिका र होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए। संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको उपाध्यायले बताए।