बाढीले खलंगा सडक अवरुद्ध

 

दार्चुला। सदरमुकाम खलंगास्थित धौलीगाडको बाढीले सडक बगाएपछि दार्चुला–बैतडी सडकखण्ड अवरुद्ध भएको छ। आइतबार राति आएको बाढीले सडक बगाए पछि बिहानैदेखि यातायात अवरुद्ध छ।

बाढीले कटान गरेपछि स्थानीयवासी जीवन हुम्ली, गणेश लोहार, नरेन्द्र धामी, तारा धामी, मानसिंह कार्की र गणेश बडूको घर जोखिममा परेको छ। यस्तै काँटैमा पहिरो आउँदा खलंगा–दल्लेख सडकखण्ड समेत अवरुद्ध छ।

काँटैको खानेपानी योजनामा क्षति पुगेको छ। सो क्षेत्रमा बाढीले दुई वटा पुल बगाएको छ। विद्युत गृहभित्र बाढी ढुङरीस्थित विद्युत गृहभित्र बाढी पसेको छ। लास्कु खोलाको बाढीले विद्युत गृहमा क्षति पुगेको छ।

बिहानैदेखि विद्युत सेवा अवरुद्ध छ। सो क्षेत्रमा पाँच घर जोखिममा छन्। बाढीले एउटा जिपसमेत बगाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

https://www.facebook.com/nepalipatrikaofficial/videos/946815895731429/