साउने सोमबार: डडेल्धुराका शिवालयमा पूजाआजा, खुलेन पशुपतिनाथ

डडेल्धुरा। आज साउनको पहिलो सोमबार। डडेल्धुराका विभिन्न शिवालय तथा मठमन्दिरमा बिहानै देखि पूजाआजा गर्ने महिलाहरूको भिड देखिएको छ। लकडाउनले अधिकांश स्थान शिवालयहरुमा पूजाआजा हुन नसके पनि सुदूरपश्चिम प्रदेश लगायत डडेल्धुराका शिवालय तथा मठमन्दिहरूमा भने बिहानैदेखि दर्शनार्थीहरूको घुँइचो लागेको छ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखो निर्णय गरेको भए पनि साउन महिनाको पहिलो सोमबार यहाँका शिवालयहरुमा दर्शनार्थीको भिडभाड नै देखिएको हो। अमरगढी नगरपालिका–७ पोखरामा रहेको रावलतोली गुफा शिवबुटी क्षेत्रमा आज बिहानै देखि व्रतालु महिलाहरू उपास बसि भगवान शिव सँगै पिपलको पूजाआजा गरि रहेका छन्।

डडेल्धुराको उग्रतारा, शहस्त्रलिङ्गधुरा, खलङ्गगाको शिवालय, रावलतोली गुफा शिवकुटी लगायत वरपीपलको रुख भएका स्थानमा व्रतालु महिला एवं श्रद्धालु भक्तजन दर्शनार्थीले पूजाआजा गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डको पत्रको कुनै औचित्य छैनः भट्टराई

यता कोरोनाको कारण पशुपतिनाथ मन्दिर नखुल्दा भक्तजनहरु दर्शनकोलागि जान सकेका छैनन्। गत वर्ष आजको दिन पशुपतिमा घुइँचो हुने भएपनि आज भक्तजनहरु मन्दिर परिसर बाहिर न्यून संख्यामा पुगेका छन्। उता ललितपुरको गोदावरी नगरपालीकाको १३ नंम्वर वडामा रहेको सन्तानेश्वर महादेव मन्दिर पनि खुलेको छैन।