गण्डकी प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित

पोखरा। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सोमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक एक जना रहेका छन्।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ। गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन्। मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन्।

अन्य सम्बन्धित समाचार:  नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै