बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि सुचारु



पाल्पा।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ। आइतबार राति आठ बजे पहिरो खसेपछि तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै सडक अवरुद्ध भएको थियो।

सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो। शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो।

अन्य सम्बन्धित समाचार:  प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार गर्न १२ अस्पतालको नाम सिफारिस