मेलम्चीमा कोरोना जितेर एकै दिन १३ जना घर फर्के

देवराज सुवेदी, सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकको मेलम्ची स्थित आइसोलेसन सेन्टरबाट १३ जना कोरोना सङ्क्रमितहरू एकै पटक निको भएरु घर फर्केका छन्। २२ जना रहेको आइसोलेसन बाट आज एकै दिन ११ जनाको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएपछि  घर फर्किएका छन्। १३ जनाको रिपोर्ट कोरोना नभएको आएपनि अविरल वर्षाका कारण घर जान नसक्ने भएपछि एक दम्पती भने आइसोलेसनमा नै रहेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

ति २ दम्पती बाहेक अब मेलम्ची नगरपालिकाको आइसोलेसनमा ७ जना रहेका छन् भने क्वारेन्टाइनमा ९ जना रहेका छन्। आज बिदाइ हुनेहरूमा इन्द्रावती गाउँपालिकाको १ जना र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ जना रहेको उपप्रमुख नेपालले बताइन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि