आइतबार उत्साहित बनाएको सेयर बजारले सोमबार निराशा थप्यो

काठमाडौं।

मौद्रिक नीतिको राहतले आइतबार उकासिएको सेयर बजार सोमबार ओरालो लाग्यो। सोमबार नेप्से सुचारु हुनासाथ साथ तीव्र गतिमा बढेर दुईपटक सर्किट ब्रेक लागेको थियो तर पछि बजार एकाएक घट्न थाल्यो। पाँच प्रतिशत बढेर १५५६ मा पुगेको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।

सोमबार बजार १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा रोकिएको छ। सोमबार २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ। परिसूचक उकालो लागेको बेला नाफा लिन खोज्नेहरुको भीडले बजारमा गिरावट आएको विश्लेषकले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले राजीनामा नदिने, संसद फेस गर्ने