सुदूरपश्चिममा सोमवार थप ४१ जनामा कोरोना पुष्टि

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा सोमवार थप ४१ जनामा कोरोना पुष्टि भएको छ। यो साता प्रदेशमा सङ्क्रमण पुष्टि हुने दर कम हुँदै गए पनि सोमवार भने एकै पटक ४१ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा सोमवार  डोटीको शिखर नगरपालिकाका क्वारेन्टाइनमा रहेका ४० जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ। अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जना मध्ये ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो।

थप ३६ जनाको रिपोर्ट आउन बाँकी छ। यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा १९७ जनाको कोरोना परिक्षण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमण मुक्त