कोरोनाले मृत्यु भएका राजविराजका वृद्धको सम्पूर्ण परिवार सहित दुई कामदारलाई पनि कोरोना

शुभ नारायण यादव,सप्तरी। सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार थपिएका ७ मध्ये २ जना गत शुक्रबार कोरोना भाइरसबाट मृत्यु भएका राजविराजका एक वृद्धको पसलमा काम गर्ने व्यक्ति रहेको र उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले बताए।

‘मृतकको पसलमा काम गर्ने दुई जना व्यक्तिमा संक्रमण देखिएको छ, हामीले मृतकको पसलमा काम गर्ने चार जना कामदार सहित १६ जनाको परीक्षण गर्न पठाएका थियौं, जसमा दुई जना कामदारमा पोजिटिभ देखियो’, यादवले बताए। बाँकी १४ जनाको भने नतिजा नेगेटिभ देखिएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा प्रतिबन्धहरु खुकुलो पारिँदै