पृथ्वी राजमार्ग अवरुद्ध,धादिङको मौवाखोला पुल बाढीले बगायो

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल बाढीले बगाएको छ। राजमार्गको पुलको केही भाग नै बगेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ। अप्ठ्याराे ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ। पुल नै बगेपछि सयौँ गाडी राजमार्गमै रोकिएका छन्। धादिङका कैयौँ ठाउँमा पहिरो जाँदा बिहानैदेखि राजमार्ग बन्द रहेको छ।

अन्य सम्बन्धित समाचार:  ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश