भारी वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

सिन्धुली।
गएको दुई दिन देखि भारी वर्षाका कारण बीपी राजमार्गको सिन्धुली सडक खण्ड अवरुद्ध भएको छ। ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका  सहायक इन्स्पेक्टर कुश हरि भण्डारीले सुनकोशी ग्रामीण नगरपालिकाको दुम्जामा राजमार्गसँग जोडिएको ग्रामीण सडकबाट झरेको पहिरोका कारण राजमार्ग ठप्प भएको बताएका छन्।
सोमबार बिहानदेखि सडक अवरुद्ध भएपछि सवारीसाधन गुड्न पाएका छैनन् भने जनजीवन प्रभावित बनेको छ। एकचोटि सुचारु भएको सडक फेरि झरेको पहिरोका कारण अवरुद्ध बन्न पुगेको हो।

अन्य सम्बन्धित समाचार:  ओली पक्षको नेकपा संसदीय दलको बैठक बस्दै