भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

Prabhu Bank

कठमाडौं। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाइ उडान खोल्ने निर्णय गरेको छ। सोमबर बसेको मन्त्रिपरिषद्को बसेको उक्त निर्णय गरेको हो।

Saftey Pads

सबै व्यावसायिक उडान सञ्चालन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्ताव राखेका थिए। सो प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि गत वर्ष चैत ९ गतेदेखि बाह्य तथा चैत ११ देखि आन्तरिक उडान बन्द गरेको थियो। उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मा बैठकले पर्यटन मन्त्रालयलाई दिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली नदीले तटबन्ध कटान गर्दा राजापुर क्षेत्र उच्च जोखिममा
Maruti Cement