धादिङमा एउटै परिवारका तीन जना पहिरोमा पुरिए

धादिङ। त्रिपुरासुन्दरी गाउँपालिका–६ मा पहिराले घरसँगै एउटै परिवारका तीन जना पुरिएका छन्। मंगलबार बिहान पहिरो जाँदा जीवन खाँड ठकुरी, उनकी पत्नी सम्झना र दुई वर्षको बच्चा पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो जाँदा उनीहरु सुतिरहेका थिए। लगातार पानी परिरहेकाले पहिरोमा पुरिएकाहरुलाई निकाल्न समस्या भएको छ। अहिले प्रहरी घटनास्थलतर्फ गएको छ।

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे