टी–२० विश्वकप क्रिकेट अर्को वर्ष

एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यस वर्ष आयोजना गर्ने भनिएको टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण हाललाई उक्त प्रतियोगिता स्थगन गरिएको आइसिसीले जनाएको छ।

यसअघि आइसिसीले सो प्रतियोगिता यसै वर्ष अष्ट्रेलियामा अक्टोबरमा सुरु गर्ने निर्णय गरेको थियो। अब उक्त प्रतियोगिता सन् २०२१ अक्टोबरमा हुनेछ। आइसिसीको सोमबार बसेको कार्यसमिती बैठकले उक्त निर्णय गरेको हो।

आइसिसीले एकदिवसिय विश्वकप क्रिकेट सन् २०२३ अक्टोबरमा गर्ने भएको छ। यसअघि सो प्रतियोगिता सन् २०२२ फ्रेब्रुअरी ९ देखि मार्च २६ तारिखमा भारतमा गर्ने हुने भनिएको थियो। टी–२० विश्वकप क्रिकेट स्थगन भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) गर्न भारतलाई बाटो खुलेको छ।

अन्य सम्बन्धित समाचार:  फागुन २२ वा २३ मा संसद बैठक बस्ने