घोडाघोडीमा उपमेयरको गाडीमा आगजनी

 

सुखड। कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ। नगरपालिकाको स्कारपियो गाडीमा गए राति ११ बजेको समयमा अज्ञात समुहद्बारा आगजनी गरिएको हो।

घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नम्बरको गाडीमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन्। आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेको छ।

उक्त गाडीसँगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडि क्षति हुनबाट जोगिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि