रोनाल्डोको कीर्तिमान

एजेन्सी। विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी एमा दुई गोल गरेका छन्। लाजियोविरुद्धको सोमबारको खेलमा युभेन्ट्सका लागि दुई गोल गरेसँगै रोनाल्डोले युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।

उनले इटालियन सिरी एसँगै प्रिमियर लिग र ला लिगामा समेत ५० गोल पूरा गरिसकेका छन्। रोनाल्डो सन् २००७ पछि गोल्डेन बुट जित्ने पहिलो युभेन्ट्सको खेलाडीको दौडमा छन्। रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका थिए।

यस्तै ला लिगामा रियल मड्रिडका लागि २९२ खेल खेल्दै ३११ गोल गरेका थिए। हाल जारी इटालियन सिरी एमा भने रोनाल्डोले ६१ खेलमा ५१ गोल गरिसकेका छन्। सोमबार उनले गरेको दुई गोलसँगै युभेन्ट्स लगातार नवौं पटक इटालियन सिरी एको उपाधि नजिक पुगेको छ।

अन्य सम्बन्धित समाचार:  बी डिभिजन लिगः खुमलटारको जीत

रोनाल्डोले मध्यान्तरपछिको खेलमा लगातार दुई गोल गरेका थिए। उनल् तीन मिनेटको अन्तरमा दुई गोल गरेका थिए। रोनाल्डोले खेलको ५१औं तथा ५४औं मिनेटमा गोल गरेका थिए। युभेन्ट्सले लाजियोलाई २–१ गोलले पराजित ग¥यो। लाजियोका लागि सिरो इम्मोबाइलले सान्त्वना गोल गरे। चार चरणको खेल बाँकी छँदा युभेन्ट्सले ३४ खेलबाट ८० अंक जोडेको छ।