पस्तीमा पहिरोमा पुरिएर दुई जना वेपत्ता

दार्चुला। मालिकार्जुन गाउँपालिका–८ पस्तीमा पहिरोमा पुरिएर दुई जना वेपत्ता भएका छन्। दुई जनाको प्रहरीले उद्धार गरेको छ। पहिरोले घरको केही भाग पुरिएको छ।

प्रहरी चौकी पस्तीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार प्रहरीले ३५ वर्षीया लक्ष्मी ढोली र उनका नौ वर्षीय छोरा शुभमको जीवितै उद्धार गरेको छ।

दुवै जनालाई सामान्य चोट लागेको छ। अरुण दर्जी र मिलन दर्जी पहिरोमा पुरिएका हुन्। दुवै जना लक्ष्मीका भाइ हुन्। उनीहरु आफ्नो दिदीलाई भेट्न आएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा