नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ। स्थायी समितिको बैठक ११ बजे बस्ने तय भएको थियो।

बैठक १ बजेपछि बस्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सल्लाहपछि बैठक सारिएको बुझिएको छ। दुवै अध्यक्षबीच कुरा नमिल्दा बैठक पटक पटक सर्दै आएको छ।

पछिल्लो पटक गत असार १८ गते यता स्थायी समितिको बैठक हुन सकिरहेको छैन।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर