उपत्यकाका नदिहरुमा पानीको सहत बढ्यो, सर्तक रहन आग्रह

काठमाडौं। निरन्तरको झरिका कारण काठमाडौं उपत्यकाका नदीहरुमा पानीको सहत बढेको छ। जसका कारण नदि आसपासका बस्तीहरु डुबानमा परेका छन्। आईतबारदेखि लगातार परेको वर्षाले बाग्मती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव बढ्दा नदी आसपासका बस्तीहरु डुबानमा परेका हुन्। त्यसैगरि ललितपुरको नक्खु, गोदावरी, कर्मनासा खोलामा समेत पानीको सतह बढेको छ।

सोमबार बाग्मती नदीमा आएको बाढीले थापाथलीस्थित सुकुम्बासी बस्ती जलमग्न भएको थियो भने टेकु, बल्खु, किर्तिपुर लगायतका सुकुम्बासी बस्ती समेत बाढीले प्रभावित वनेका छन्। गतवर्ष मात्रै डुबानमा परेका कलंकी, मैत्रीनगर र खसीबजार क्षेत्र यसवर्ष पनि डुबानको उच्च जोखिममा रहेको छ।
यसअघि जल तथा मौसम विज्ञान विभागले साउन ४ देखी ९ गतेसम्म देशैभरी भारी वर्षा हुने पूर्वसूचना दिएको थियो। सुरक्षा निकायका तथ्यांक अनुसार काठमाडौंमा ३३, ललितपुरमा १४ र भक्तपुरमा ६ स्थानमा डुबान हुन सक्ने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  धादिङमा ३ यात्रुबाहक बस ठोक्किएः १३ जना घाइते, २ को अवस्था गम्भीर