अभिनेत्री ऐश्वर्या अर्जुनलाई कोरोना



एजेन्सी। दक्षिण भारतकी प्रख्यात अभिनेत्री ऐश्वर्या अर्जुन कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। ऐश्वर्याले आफु कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्।

‘स्वाव परीक्षण गराएपछि मलाई कोरोना भएको पाइएको छ’ उनले समाजिक सञ्जालमा भनेकी छिन। ऐश्वर्याले आफु अहिले सुरक्षित रुपमा घरमै क्वारेन्टिनमा बसिरहेको बताएकी छिन। ऐश्वर्याले आफ्नो सम्पर्कमा आएका सबैलाई श्वाव परीक्षण गराउन अनुरोध गरेकी छिन।

यसअघि बलिउडका हस्तीहरु अमिताभ बच्चन, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या तथा अनुमप खेरलगायत कोरोना भाइरसबाट संक्रमित भएका थिए।

अन्य सम्बन्धित समाचार:  इंग्ल्यान्ड र आयरल्याण्डबीचको अन्तिम खेल आज